Logo

मुख्य समाचार

एमालेको पोलिटब्युरो बैठक बस्दै



काठमाडाैं । एमालेको पोलिटब्युरो बैठक बस्दै छ । वार्षिक कार्ययोजना निर्माण गर्न सत्तारुढ नेकपा सचिवालयले प्रस्ताव गरेका वार्षिक कार्ययोजना पोलिटब्युरो बैठकमा छलफल गरेर सुझावसहित पारित गर्ने सो पार्टीले जनाएको छ । 

पोलिटब्युरो बैठक दिउँसो १ बजेलाई बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा भदौ १३ गते बसेको केन्द्रीय सचिवालय बैठकले एक वर्षे कार्ययोजना तयार गर्दै छलफलका लागि प्रस्ताव गरेको थियो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रस्तुत कार्ययोजनामामाथि पोलिटब्युरोमा छलफल गरेर नेताहरूलाई जिम्मेवारीसहित देशैभर परिचालन गर्ने तयारी भइरहेको जानकारी दिए । प्रस्तावित कार्ययोजनामा सदस्यता विस्तार, प्रारम्भिक तहको वैचारिक कक्षा सञ्चालन र जनसरोकारका विषय पहिचान मुख्य छन् ।

एमालेले आगामी निर्वाचनमा १० लाख पार्टी सदस्य बनाउने घोषणा गरेको छ । सोही अनुसार पार्टी नेताहरूलाई जनताको घरघरमा पुग्नेगरी सङ्गठन परिचालन गर्ने र उनीहरूका अपेक्षा बुझेर समस्या समाधान गर्ने पहल गर्ने एमालेले जनाएको छ ।

वैचारिक कक्षा सञ्चालनका लागि पार्टी स्कुलले कोर्स तयार गरेको छ । यसअघि एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय तहका नेताहरूको कार्यविभाजन गरेको थियो । जस अन्तर्गत केन्द्रीय कमिटी सदस्यहरुलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र, प्रदेश कमिटीका नेताहरूलाई पालिका र पालिकाका नेतालाई वडाको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  १० : ५४ बजे