Logo

अर्थ

उकालो लाग्दै शेयर बजार



काठमाडौं । साताको पहिलो कारोबार दिन ५३ दशमलव ६३ अंकले घटेर २७०० बिन्दुमुनि झरेको नेप्से परिसूचक सोमबार १२७.३२ अंकले अंकले बढेको छ । नेप्सेमा वृद्धिसँगै परिसूचक २८ सय २३ दशमलव २५ अंकमा पुगेको छ । 

आज कारोबार रकम पनि बढेको छ । यसदिन १३ अर्ब १० करोड रुपैयाँको ३ करोड १४ लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।

आइतबार २६९५ दशमलव ९३ अंकमा झरेको छ । यसअघिको ३ हजार २०० विन्दुको ऐतिहासिक रेकर्ड नजिक पुगेको शेयर बजार पछिल्लो सातायता निरन्तर घट्दो क्रममा रहेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ३ : २४ बजे