Logo

अर्थ

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

सोमबार अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर हुँदा यूरो र बेलायती पाउण्डको विदेशी विनिमय दर घटेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा र बिक्री दर १३४ रुपैयाँ ४९ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४७ रुपैयाँ ९१ पैसा र बिक्री दर १४८ रुपैयाँ ५८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७७ रुपैयाँ ८० पैसा र बिक्री दर १७६ रुपैयाँ ५९ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ७ : १७ बजे