Logo

मुख्य समाचार

सार्वजनिक सेवा प्रसारणको नीति संशोधन गर्न आवश्यक : मन्त्री गुरुङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रशारणको नीति संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार सिहंदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथिको छलफलमा उनले नेपाल टेलिभिजनको आजसम्मको जे जस्तो गतिबिधि छ त्यसका सुधार नगरिकन उद्देश्य पूरा गर्न नसकिने बताए । उनले सार्वजनिक सेवा प्रसारणको नीति संशोधन गर्नुपर्ने आवश्यक्ता रहेको औंल्याए ।

उनले भने,‘नेपाल टेलिभिजनको आजसम्म जे जस्तो गतिबिधि छ । त्यसका सुधार नगरिकन उद्देश्य पनि पूरा गर्न नसकिने भयो । सार्वजनिक सेवा प्रसारणको नीतिको संशोधन गर्नुपर्ने छ ।  आधुनिक प्रविधिको विकास भइसक्यो त्यसैले यो त्यही अनुसार चल्न सक्नुप¥यो त्यसैले पनि यो संशोधनमा ल्याएको हो ।’

उनले सार्वजनिक सेवा प्रसारण संस्थाहरु खोल्दा नितान्त सेवाको लागि मात्र खोलिएको भएपनि निजी क्षेत्रपनि समावेश भएसँगै प्रतिस्पर्धामा जान नसकेको बताए ।

सरकारी सेवाको लागि गठन गरेको संस्था राम्रोसँग सेवा पु¥याउन नसक्ने र प्रतिस्पर्धामा पनि जान नसक्ने र व्यवसायीकताको पनि विकास गर्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरे ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ४ : ११ बजे