Logo

मुख्य समाचार

हमासले बन्धक बनाएका ६ जनाको शव गाँजाको सुरुङमा फेला 



एजेन्सी । गाजाको सुरुङमा फेला परेका ६ जनाको शवको पहिचान भएको छ । प्यालेस्टानी लडाकु समूह हमासले २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा बन्धक बनाएका ९७ बन्धकमध्ये  ६ जनाको शव फेला परेको हो ।

इजरायली सेनाले दक्षिणी गाजा पट्टीको सुरुङमा भेटिएका एक अमेरिकी मुलका इजरायली र एक रूसी मुलका इजरायलीसहित छ जना बन्धकको शव पहिचान गरेको जनाएको छ ।

उनीहरुको अवशेष शनिबार ‘रफाह क्षेत्रको भूमिगत सुरुङबाट’ फेला परेको थियो । तिनको औपचारिक रुपमा पहिचान गरिएको इजरायली सेनाले जनाएको छ । गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूले कब्जामा लिएका कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्श गोल्डबर्ग–पोलिन, अलेक्जेन्डर लोबानोभ, अल्मोग सारुसी र ओरी डानिनोको शव पहिचान गरिएको हो ।

गाटलाई दक्षिण इजरायली किब्बुट्ज समुदायको बिरीबाट लगिएको थियो भने बाँकी २३ देखि ३२ वर्ष उमेर समूहका पाँच जनालाई गाजाको सीमा नजिकैको एक सङ्गीत महोत्सवबाट अपहरण गरिएको थियो।

अक्टोबर ७ मा भएको आक्रमणका क्रममा बन्धक बनाइएका २५१ जनामध्ये ९७ जना गाजामा बन्धक बनाइएका थिए जसमध्ये करिब ४० जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ । तिमध्ये एक नेपालस्थित कञ्चनपुरका विपीन जोशी पनि रहेका छन् । उनको अवस्था अझै अज्ञात रहेको छ । सेनाका प्रवक्ता डेनियल हागारीले भन्नुभयो, “उनीहरूलाई हामी त्यहाँ पुग्नुभन्दा

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ३ : १९ बजे