Logo

मौसम

मकवानपुरमा भारी वर्षा



काठमाडौं । मकवानपुरमा आइतबार भारी वर्षा भएको छ । मकवानपुरका केही स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

“भाद्र १६ दिउँसो १२स्४५ । पछिल्लो तीन घण्टामा मकवानपुरको हात्तीसुँडे, हेटौँडा, मकवानपुरगढी, रजैया वर्षामापन केन्द्र, आसपासको क्षेत्रमा भारी वर्षा भएको, थप वर्षा हुन सक्ने, सो जिल्ला भई बहने बकैया नदी, पूर्व राप्ती नदी, अन्य साना खोलामा बहाव बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

उक्त क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १ : ४५ बजे