Logo

विशेष

अस्पतालको तेस्रो तल्लाबाट हाम फाल्दा एक महिलाको मृत्यु



काठमाडौं । ललितपुरको हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ । 

ललितपुर प्रहरीका एसपी नरेश सुवेदीका अनुसार शनिबार अस्पतालको ‘ए’ ब्लकको तस्रो तलाबाट फुलमायाले हाम फालेकी हुन् । गम्भीर घाइते फुलमायाको आइतबार बिहानै मृत्यु भएको हो । 

शुक्रबार थाइराइडको, क्यान्सरको उपचारका लागि अस्पताल भर्ना भएकी ललितपुर महानगरपालिका–८ की ६४ वर्षीया फुलमाया तामाङको मृत्यु भएको हो । 

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १ : ३० बजे