Logo

मुख्य समाचार

डब्लुडब्लुजेको अध्यक्षमा रामकला खड्का चयन



काठमाडौं । क्रियाशील पत्रकार महिला संघ (डब्लुडब्लुजे)को अध्यक्षमा रामकला खड्का चयन भएकी छिन् । शनिबार काठमाडौँमा सम्पन्न डब्लुडब्लुजेको १२औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट खड्काको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्षमा चन्दा विष्ट, महासचिवमा रमिता लामा, सचिवमा रुक्मिणी पोखरेल र कोषाध्यक्षमा दिपा आले चयन भएका हुन् । यस्तैगरी सदस्यमा संगीता लामा तथा सदस्यहरूमा अमिला राजथला, सोनी शर्मा, शोभा मानन्धर, सीता विक। रुपा खड्का, लक्ष्मी बस्नेत चयन भएका हुन् ।

साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी थिइन् । उदघाटन सत्रको अध्यक्षता डब्लुडब्लुकेकी अध्यक्ष निर्मला आचार्यले गरेकी हुन् । समारोहमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, नेपाल पत्रकार महासंघका प्रतिनिधि सृजना अर्याल, वरिष्ठ पत्रकार बबिता बस्नेत, निर्मला शर्मा, सन्चारिका समुहकी अध्यक्ष विमला तुम्खेवालगायतको उपस्थित रहेको थियो।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १० : ३५ बजे