Logo

Breaking News 1

नेपालले लिग २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल खेल्ने



काठमाडौं । आइसीसी विश्वकप लिग–टू क्रिकेटको तयारीमा रहेको नेपाली टोलीले श्रीलंकामा अभ्यास गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाली टोलीले श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग ३ खेलको एक दिवसीय सिरिज खेल्ने छ ।

सिरिजको तालिकामा पनि क्यानले शुक्रबार सार्वजनिक गरेको छ । नेपाली टिमले पहिलो एक दिवसीय खेल ३ सेप्टेम्बरमा खेल्ने छ । हरेक एक दिवसीय अघि एक दिन अभ्यासको समय रहेको पनि क्यानले जनाएको छ । दोस्रो ५ तारिख र तेस्रो ७ तारिखमा हुने छ ।

यसैगरी उक्त प्रतियोगिताका लागि १९ सदस्यीय नेपाली टोली पनि घोषणा गरिएको छ । रोहित पौडलको कप्तानमा घोषणा गरिएको टिममा आसिफ शेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल रहेका छन् ।

त्यसैगरी अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् । नेपाली टिमले श्रीलंकामा अभ्यास गरेपछि क्यानडामा लिग टू खेल्न जाने छ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ७ : ०४ बजे