Logo

मुख्य समाचार

कर्मा शेर्पाको दाबी : टान निर्वाचन सापकोटा समूहले जित्छ


१४ भाद्र २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)को वरिष्ठ उपाध्यक्षका उम्मेदवार कर्मा शेर्पाले राजेन्द्र सापकोटाको समूहले चुनाव जित्ने दावी गरेका छन् । ट्रेकिङ व्यवसायीहरुसँगको एक छलफल कार्यक्रममा बोल्दै शेर्पाले यस्तो दाबी गरेका हुन् ।

शेर्पाले टानलाई गतिशिल र पर्यटन क्षेत्रलाई मर्यादित बनाउन सापकोटा समूहले चुनाव जित्नैपर्ने जिकिर गरे । उनले टानलाई पर्यटन क्षेत्रको लिडिङ संस्थाको रुपमा विकास गराउने व्यवसायीको अपनत्व हुनेगरी संस्थागत रुपमा टानलाई अगाडि बढाउने योजनासहित आफूहरु चुनावको मैदानमा उत्रेको उल्लेख गरे ।

टानलाई प्रविधिसँग र पदयात्रा व्यवसायीलाई राज्यसँग जोड्नका लागि टानमा आफूहरुको नेतृत्व जरुरी रहेको उनको भनाई थियो ।

यसैबिच देशभरका ट्रेकिङ व्यवसायिहरु यतिबेला ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल टानको नेतृत्व छान्न जुटेका छन् । भदौ १७ गते टानको निर्वाचनका हुँदैछ भने उम्मेदवारी दर्ता विहीबार सम्पन्न भएको छ ।

टानको अध्यक्षमा राजेन्द्र प्रसाद सापकोटा र सागर पाण्डेले आ–आफ्नो समूहसहित चुनाव जित्ने दाउमा छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ४ : ५१ बजे