Logo

खेलकुद

नयाँ रंगशाला बनाउन २२ लाख डलर विनियोजन गर्ने एन्फाको निर्णय


१४ भाद्र २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालमा आधुनिक नयाँ रंगशाला बनाउन प्रारम्भिक चरणमा २२ लाख डलर छुट्याउने निर्णय गरेको छ ।

मंगलबार र बिहीबार बसेको एन्फाको केन्द्रीय कार्यसमितिको बैठकले नेपालमा नयाँ रंगशाला अति आवश्यक देखिएकाले जग्गा उपलब्ध गराउन सरकारलाई आग्रह गर्ने निर्णय समेत गरेको छ । एन्फाले २५ देखि ४० हजार दर्शक क्षमताको रंगशाला बनाउने जनाएको छ ।

नयाँ रंगशालाका निम्ति जग्गा प्राप्त गर्न सरकारसँग समन्वयन गर्न उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा तीन सदस्यीय समिति समेत गठन गरेको छ । समितिमा उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सदस्य छन् ।

यसैगरी, एन्फाले दशरथ रंगशालाको संरक्षण अधिकार राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट संघका निम्ति माग्ने भएको छ । बैठकले रंगशालाको स्तरोन्नतीका निम्ति तीन लाख डलर विनियोजन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  १२ : २९ बजे