Logo

कोशी

कोसी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी


१४ भाद्र २०८१, शुक्रबार  

69
Shares

विराटनगर ‌। नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ‌। माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्री हिक्मत कार्कीलाई दिएको समर्थन फिर्ता लिने बताए ।

यसबारे शुक्रबार नै प्रदेशसभा सचिवालयलाई पत्राचार गराउने बताइएको छ ।

कांग्रेसका केदार कार्की नेतृत्वको सरकारलाई विस्थापन गरी गत वैशाख २७ गते हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । उनले जेठ १ मा विश्वासको मत लिएका थिए ‌।

एमालेका हिक्मत कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका थिए । केन्द्रमा एमाले–कांग्रेस गठबन्धन बनेपछि माओवादी सरकारबाट बाहिरिएको छ ।

प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्दै छ ‌।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ११ : ३१ बजे