Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


१४ भाद्र २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर, कतारी रियाल, यूरो र बेलायती पाउण्ड घटेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९० पैसा र बिक्री दर १३४ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४८ रुपैयाँ ५८ पैसा र बिक्री दर १४९ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ६६ पैसा र बिक्री दर १७७ रुपैयाँ ४५ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ७ : १५ बजे