Logo

खेलकुद

पूर्वकप्तान पारसले भारतमा लेजेन्ड्स लिग खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् ।

पारसले गुजरात टिमबाट लिग खेल्ने भएका हुन् । उनलाई गुजरातले अक्सनबाट १२ लाख ५० हजार भारतीय रुपैयाँमा किनेको हो ।

लेजेन्ड्स लिग सेप्टेम्बर २० देखि भारतका विभिन्न सहरमा आयोजना हुने तालिका छ । गुजरातमा पारससँगै दक्षिण अफ्रिकाका मोर्ग भान विक, वेस्ट इन्डिजका क्रिस गेल, वेस्ट इन्डिजकै लेन्डल सिमोन्सजस्ता खेलाडी छन् ।

लिगमा कुल ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा इन्डिया क्यापिटल्स, गुजरात जायन्ट्स, भिल्वारा किंग्स, मनिपाल टाइगर्स, साउदर्न सुपर स्टार र अर्बनश्रीसेर्स हैदराबाद छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ३ : ५८ बजे