Logo

मुख्य समाचार

नेपाली जहाज आईकाओ र युरोपियन युनियनमा प्रतिबन्धमा पर्नुको कारण के हो ? : सांसद केसी



काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण छुट्टै बनाउने विधेयक कता पुग्यो भनि प्रश्न गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले नेपाली जहाज अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन संगठन (आईकाओ) र युरोपियन युनियनमा प्रतिबन्धमा पर्नुको कारण के हो भनि सोधे । “नेपाली जहाज झन्डै ११ वर्षदेखि ईयूको आकाशमा प्रतिबन्धित छन् । आईकाओ र युरोपियन युनियन सेफ्टी एजेन्सीको प्रतिबन्धको कारण के हो ?,” उनले प्रश्न गरे ।

राष्ट्रिय प्रतिष्ठाको विषयमा सरकार लाचार भएको आरोप उनको छ । उनले प्रत्येक घटनामा छानबिनका लागि प्रतिवेदन बने पनि त्यसको कार्यान्वयन नहुने गरेको बताए ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  १ : ५८ बजे