Logo

मुख्य समाचार

काठमाडौं महानगरका १२ नगर प्रहरीको स्तर वृद्धि



काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलका १२ जना नगर प्रहरीको तह वृद्धि गरिएको छ । महानगरपालिका प्रहरी ऐन २०८० को व्यवस्थाबमोजिम प्रमुख प्रशासकीय स्तरीय निर्णयबाट नगर प्रहरी सहायक निरीक्षकबाट नगर प्रहरी नायव निरीक्षकमा तह वृद्धि गरिएको हो ।

तह वृद्धि गरिएका प्रहरीहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, महानगरपालिकाको छवि नगर प्रहरीको आचरणमा देखिने भएकाले अनुशासित, निष्पक्ष, इमान्दार र उत्तरदायी सेवामा प्रतिवद्ध रहन निर्देशन दिए ।

त्यस अवसरमा प्रशासन विभागका प्रमुख नमराज ढकाल, महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेसहित अधिकारीहरुले महानगरपालिकाका नीति, योजना तथा कार्यक्रम र सहरी सुशासनमा नागरिकले नगर प्रहरीमाथि विश्वास गरेको बताउँदै यो विश्वाशमा आँच आउन दिन नहुने बताए ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ११ : ५७ बजे