Logo

मुख्य समाचार

सबै जिल्लामा कर्भडहल बनाउन प्रधानमन्त्री इच्छुक, दशरथ रंगशालाबारे चिन्तित



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै जिल्लामा कर्भडहलको विस्तार गर्नुपर्ने बताएका छन् । 

बिहीबार काभा महिला भलिबल प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई  सिक्नको  लागि कर्भडहल  हुनुपर्ने  बताएका हुन् । 

उनले  भने,  ‘हाम्रा खेलाडी छोरीहरुले राम्रो  खेल प्रदर्शन  गरेका छन् । उत्कृष्टता देखाएका छन् । नेपाललाई विश्वमा चिनाएका छन् यो  धेरै ठूलो  कुरा हो, । हामीले नयाँ चिन्हहरु स्थापना गर्दै अगाडि बढ्नुपर्छ । कुनै  एउटा उचाई छोएपछि सन्तुष्ट भइहाल्नु हुँदैन् । थप उचाई  छुनको  लागि हामिलाई अनुकुलता र  सिक्नको  लागि कहाँ सिक्ने उचित वातावरण चाहिन्छ । खेलाडी टिमले  नै भनेका थिए कि लगातार  सिक्नको लागि कर्भडहल आवश्यक छ । हरेक मौसममा पनि सिक्नका लागि कर्भडहल आवश्यक छ तर कर्भडहल  छैन ।’

साथै  उनले  काठमाडौंमा मात्र होइन सबै प्रदेशमा कर्भडहल हुन जरुरी रहेको  बताए । उनले जिल्ला जिल्लामा कर्भडहल बने जुन ठाउँमा छ त्यहीँ ठाउँ बसेर  सिक्ने सकिने  बताए । 

साथै उनले दशरथ रंगशालाको खेल मैदान सबैभन्दा बढी विग्रेको बताए ।  उनले दशरथ रंगशाला जस्तो विग्रेको मैदान कतै नदेखेको जिकिर गरे ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ११ : ५५ बजे