Logo

अर्थ

२०२४ को जुलाईमा मात्रै ६४ हजार ५ सय ९९ जना पर्यटक नेपाल भित्रिए



काठमाडौं । सन २०२४ को जुलाईमा मात्रै ६४ हजार ५ सय ९९ जना पर्यटक नेपाल भित्रिए छन् । नेपालका विभिन्न नाकाबाट स्थल भ्रमण एवम् अध्ययन अनुसन्धानका लागि पर्यटन नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार २०२४ को जुलाईमा नेपालमा जम्मा ६४ हजार ५ सय ९९ जना पर्यटक नेपाल भित्रीएका हुन् । कोरोना भाइरस महामारीका कारण देशको दोस्रो सबैभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्र लगभग धरासायीमा अवस्थामा पुगेको भए पनि पहिलेको तुलनामा माथि उठेको पाइन्छ ।

२०२४ को जुलाईमा कॅंहाबाट कति पर्यटक नेपाल भित्रिए ?

सबैभन्दा धेरै पर्यटक सार्क मुलुकबाट नेपाल आएका छन् । । सार्क मुलुकबाट जुलाईमा मात्र २७ हजार २ सय १२ जना पर्यटक नेपाल आएका थिए ।

सार्क मुलुकका देशहरु मध्ये बङ्गलादेश, भारत ,पाकिस्तान, भुटान र श्रीलंकाका पर्यटकहरु नेपाल आएका थिए । पुर्बी एसियाका देशबाट एघार हजार ९ सय १ जना पर्यटकहरु नेपाल आएका थिए । जसमा चिन, जापान, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, म्यान्मार, थाइल्याण्ड जस्ता मुलुकहरु पर्दछन् ।

युरोपबाट मात्र ९ हजार २ सय ८० जना पर्यटकहरु नेपाल आएका थिए । त्यस मध्ये पूर्बीबाट ४ हजार ८ सय ५७ जना पर्यटकहरु नेपला आएका हुन् । यसैगरी अमेरिका क्यानाडाबाट ८ हजार ८ सय ६८ जना पर्यटकहरु नेपाल भित्रिएका हुन् ।

अष्ट्रेलिया र न्युजिल्यान्डबाट नेपाल भित्रिएका पर्यटकहरुको संख्या २ हजार ३८ रहेका छन् । २७ हजार २ सय १२ जना पर्यटक सार्क एसियाबाट नेपाल आएका हुन् ।

सार्क एसियाका देशहरु मध्य बङ्गलादेश, इन्डिया, पाकिस्तान, भुटान, श्रीलंका पर्यटकहरु नेपाल भिएका छन् । पुर्बी एसियाका देशबाट पनि ११ हजार ९ सय १ जना पर्यटकहरु नेपाल आएका थिए ।

चिन, जापान, मलेसिया, सिंगापुर, साउथ कोरिया, म्यान्मार, थाइल्याण्ड जस्ता देशबाट पर्यटकहरु नेपाल भित्रीएको देखिन्छ ।

युरोपबाट ९ हजार २ सय ८० जना पर्यटकहरु नेपाल आएका थिए । मध्येपूर्बी देशबाट ४ हजार ८ सय ५७ जना पर्यटकहरु नेपला आएको देखिन्छ । अमेरिका, क्यानाडाबाट ८ हजार ८ सय ६८ जना पर्यटकहरु नेपाल भित्रिएका थिए ।

अष्ट्रेलिया र न्युजिल्यान्डबाट नेपाल भित्रिएका पर्यटकहरुको संख्या २ हजार ३८ जना आएको नेपाल पर्यटन बोर्डको रेकर्डमा देखिन्छ । मे २०२३ मा मात्र ७७ हजार ७०३ जना पर्यटक आएका छन् । यो संख्या सन् २०१९ म आएको पर्यटकको संख्या हाराहारी हो ।

सन् २०१९ मा ७८ हजार ३२९ जना पर्यटक मे महिनामा नेपाल आएका थिए । नेपालमा पर्यटन भित्रिनुको प्रमुख श्रेय नै मिडियालाई जान्छ । परपुर्ब कालमा मानिसहरु व्यापार व्यवासायका लागि विशेष नेपाल आउने गर्थे भने पछिल्लो समय पर्यटनहरु घुम्न , विभिन्न संस्कृतिबारे जान्नका लागि आउने गरेका छन् ।

पर्वतारोहणका लागि पनि पर्यटकहरु नेपाल भित्रिने गरेको पाइन्छ । त्यस्तै कतिपय पर्यटकहरु धर्मिक उदेश्यले पनि आउने गर्छन् भने कतिपय प्राकृति वातावरणहरुसँग रमाउनका लागि आउँछन् त कतिपय कलाकौशलबारे जान्नका लागि आँउछन् ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ६ : ३६ बजे