Logo

अर्थ

रोयल नेपाल रोधी क्लब संचालनमा



काठमाडौं । नेपालमै केही गर्छु भन्ने संकल्पका साथ युवा व्यवसायी सुनिल छेवाङ लामाको नेतृत्वमा लाजिम्पाटमा रोयल नेपाल रोधी क्लब संचालन गरिएको छ । भाद्र(९ आइतबार देखि नेपालको सांस्कृतिक धरोहर र परम्परागत कला(संस्कृतिलाई पुनर्जीवित गर्ने उद्देश्यले रोयल नेपाल रोधी क्लब विधिवत रूपमा सञ्चालनमा आएको हो ।

रोधीको उद्घाटन विशेष तरिकाले चाडैं गर्ने योजना रहेको सञ्चालक सुनिल छेवाङ लामाले बताए। राजधानीको लाजिम्पाटस्थित यस क्लबले नेपाली कला, संस्कृति, र संगीतको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

रोयल नेपाल रोधी क्लबले विशेष रूपमा ‘रोधी घर’ को परम्परालाई आधुनिक रूपमा पुनःस्थापित गर्दैछ। गुरुङ समुदायमा आपसी स्नेह र सांस्कृतिक आदान(प्रदानको प्रतीकका रूपमा परिचित रोधी घरहरूमा जसरी गीत, संगीत, र नाचको माध्यमबाट सामुदायिक भावना विकसित गरिन्थ्यो, त्यही भावना यो क्लबले आजको पुस्तामा पुनःस्थापित गर्न खोजिरहेको छ। यस क्लबका संचालक सुनिल छेवाङ लामाका अनुसार, यहाँ आउने हरेक व्यक्तिले नेपाली सांस्कृतिक धरोहरको जीवन्त अनुभव गर्ने अवसर पाउनेछन् ।

नेपाली परिकारको विशेष स्वादका साथ क्लबले आगन्तुकहरूलाई स्वागत गर्दछ। यहाँ आगन्तुकहरूले नेपाली परिकारका साथसाथै विभिन्न स्वादिष्ट खाद्य पदार्थहरूको आनन्द लिन सक्छन् । त्यसैगरी, यहाँ हरेक साँझ दोहोरी, तामाङ सेलो, र नेपाली लोकगीतहरूको प्रस्तुति हुने कार्यक्रम तय गरिएको छ । यस्ता कार्यक्रमहरूले आगन्तुकहरूको मनमस्तिष्कमा नेपाली सांस्कृतिक सुगन्ध भर्न सक्ने विश्वास क्लबको रहेको छ ।

रोयल नेपाल रोधी क्लबले आफ्ना आगन्तुकहरूलाई उच्च स्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। क्लबको समर्पित टिमले आगन्तुकहरूको हरेक आवश्यकता र चाहनालाई ध्यानमा राख्दै उत्कृष्ट सेवा दिनेछ। अत्याधुनिक सुविधाहरू सहित पारिवारिक वातावरणमा सबैलाई स्वागत गर्न चाहने क्लबले नेपाली र विदेशी आगन्तुकहरूलाई मनमोहक सेवा र कार्यक्रमहरूको अनुभव लिन निमन्त्रणा गरेको छ ।

रोयल नेपाल रोधी क्लब, लाजिम्पाटमा, नेपाली कला, संस्कृति र संगीतको एक अनूठो संगमस्थलको रूपमा उभिरहेको छ। यस क्लबले नेपाली समुदाय मात्र नभई विदेशी मित्रहरूको पनि मन जित्ने विश्वास लिएको छ, र उनीहरूलाई नेपाली संस्कृति प्रतिको गहिरो आकर्षण दिलाउने लक्ष्य राखेको छ । नेपाली कला र संस्कृतिलाई विश्वभर पुर्‍याउने प्रयासस्वरूप यो क्लबले नेपाली र विदेशी दुवै समुदायलाई आफ्नो कार्यक्रमहरूको अनुभव गर्न हार्दिक निमन्त्रणा गरिएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १ : ४७ बजे