Logo

अर्थ

नेप्सेमा १११.९६ अंकको गिरावट, २२३ कम्पनीको मूल्य घट्यो



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से १११.९६ अंकले घटेर दुई हजार ७ सय ८२ दशमलव ६० विन्दुमा बन्द भएको हो । 

आज नेप्सेमा १८ अर्ब ६४ करोड ९५ लाख बराबरको करोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये २० वटाको बढेको छ भने २२३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                             

नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । जसमा तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र दोल्ती पावर कम्पनी रहेको छ ।  

नेपाल फाइनान्स लिमिटेडको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ६५ करोड ४२ लाख बराबरको कारोबार भएको छ ।     

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ३ : २९ बजे