Logo

मुख्य समाचार

प्रचण्डलाई पन्तको जवाफ : सत्ता चाहिँदैन भनेर केन्द्रीय कमिटीबाट निर्णय गराउनुस्



काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता चाहिँदैन भनेर पार्टीबाट निर्णय गर्न सुझाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा ठूला दललाई सत्ता नमाग्ने प्रचण्डको अभिव्यक्तिप्रति उनले पार्टीको बैठकबाट निर्णय गर्न जवाफ दिएका हुन् । “माओवादीलाई सत्ता चाहिँदैन भनेर केन्द्रीय कमिटीको बैठकबाट निर्णय गराउनुस् न,” उनले भने, “जाँदैजादैनौँ त भन्नुहुँदैन है भनेर बैठकमा जवाफ दिनुभयो । तात्पर्य मौका आउँदा छोड्दिन भनेको हो । कसले बुझेको छैन ।”

सरकार माग्ने आधार माओवादीलाई नभएको पन्तको भनाइ छ । “तपाईंसँग सरकार माग्ने आधार पनि छैन । अधिकार पनि छैन । के मुखले माग्नुहुन्छ । घरियता घरिउता । ठूला दललाई धोका दिनुभयो,” उनले भने । उनले उत्तरदायी प्रतिपक्षीको भूमिका निभाउन पनि आग्रह गरे ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ३ : २५ बजे