Logo

मुख्य समाचार

प्रधानमन्त्री ओली र ओमानका विदेशमन्त्री अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता भएको छ । 

दुई दिनको औपचारिक नेपाल भ्रमणमा आएका विदेशमन्त्री अल्बुसैदीले मंगलबार दिउँसो प्रधानमन्त्री तथा ममन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

यसअघि, परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेट गरेका विदेशमन्त्री आजै स्वदेश फर्किने कार्यतालिका छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ३ : १६ बजे