Logo

राजनीति

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन रास्वपाको निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी निष्काशन गरेको छ ।

मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले पार्टी अनुशासन आयोगको सिफारिसका आधारमा ढकाललाई पार्टीको साधारण सदस्य नरहनेगरि निष्काशन गरेको पार्टी सहप्रवक्ता मनिष झाले जानकारी दिए ।

उनले भने, पार्टीका पूर्व महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट कारबाही गर्ने कि नगर्ने भन्ने छलफलहरु भयो । पार्टीको अनुसाशान आयोगले उहाँलाई कारबाही गर्ने भनेर गरेको सिफरिसको आधारमा  समेत नरहनेगरि पार्टी नियम ५६ को उपनियम ३ बमोजिम र राजनीतिक दलसम्बन्धी ऐनका आधारमा निष्काशन गरेका छौं ।’

पार्टी अनुशासन आयोगले ढकाललाई कारबाहीका लागि आवश्यक प्रमाणसहित साधारण सदस्यबाट पनि निकाल्नुपर्ने सिफारिस गरेको झाले बताए ।

पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका महामन्त्री ढकाललाई रास्वपाले पटक–पटक स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  १२ : १५ बजे