Logo

समाचार

यस्तो छ आजको तरकारीको बजार भाउ



काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

समितिले मंगलबार नेपाली ठूलो गोलभेडाको प्रतिकिलो ६० देखि ७० रुपैयाँ मूल्य रहेको जनाएको छ ।

त्यस्तै, स्थानीय सानो स्थानीय गोलभेडाको मूल्य प्रतिकिलो २५ देखि ३० रुपैयाँ रहेको छ ।

कालीमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार रातो आलुको मूल्य आज ६५ देखि ७० रुपैयाँ रहेको छ । सेतो आलुको मूल्य ५३ देखि ५५ रुपैयाँ रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याजको मूल्य ११५ देखि १२० रुपैयाँसम्म रहेको छ भने स्थानीय गाँजरको मूल्य ९० देखि १०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

स्थानीय काउली १०८ रुपैयाँ ७५ पैसा, बन्दा लोकल ५५ रुपैयाँ, लौका ४५ रुपैयाँ, भिण्डी २० रुपैयाँ ५० पैसा र ठूलो नेपाली गोलभेँडा ६५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  १० : ५० बजे