Logo

खेलकुद

सिरी ए फुटबलमा युभेन्टसको लगातार दोस्रो जित



काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टसले लगातार दोस्रो जीत निकालेको छ । सोमबार राति भएको खेलमा युभेन्टसले भेरोनालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा डुआन भालोभिकले २ गोल गर्दा निकोलो साभोनाले एक गोल थपेका थिए । भेरोनाको मैदानमा पाहुना टोली युभेन्टसले २८ औं मिनेटमा अग्रता लिएको थियो । भालोभिकले केनन एल्डिजको पासमा गोल गरेका थिए ।

३९ औं मिनेटमा निकोलो साभोनाले स्यामुएल जर्मेन तासिफुन्डाको पासमा गोल गरेपछि पहिलो हाफमा युभेन्टस २–० ले अघि रहेको थियो ।

५३ औं मिनेटमा भालोभिकले पेनाल्टीमा गोल गरेपछि युभेन्टस ३–० को अग्रता बनाउन सफल भयो । सोही अग्रता अन्तिमसम्म जोगाउँदै यो सिजनमा लगातार दोस्रो जीत निकाल्न सफल भयो । भेरोनाको भने यो पहिलो हार हो ।

इटालियन सिरी ए कै अर्को खेलमा काग्लीअरी र कोमोले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ६ : ५५ बजे