Logo

मुख्य समाचार

दुईसय गाईबाच्छालाई लायन्स क्लब अफ काठमाडौंको सहयोग



काठमाडौं । लायन्स क्लब अफ काठमाडौं र लियो क्लव अफ काठमाडौं, मीनभवन तथा लियो क्लव अफ काठमाडौं सिष्टले दुईसय गाईबाच्छा र खसीलाई खाद्यन्न एवम उपचारका लागि सहयोग गरेको छ । ‘मठ मन्दिर गाईबाच्छा बचाउ तथा समाज विकास अभियान’अन्तर्गत काठमाडौंको गौशालामा पुगेर टोलीले उक्त सहयोग गरेको हो ।

अमेरिका बस्दै आएका लायन अर्जुन कार्कीे, यूकेका सुरज खत्रीे, लायन गोविन्द गौतम, लायन नरेश खड्का, लायन अपार खड्का, लायन गंगा श्रेष्ठ, लायन फुरी ग्याल्जेन शेर्पा, लायन राम गोपाल तण्डुकार समेतले गरी ३२ हजार रुपैंयाँ नगद सहयोग गरेका हुन् ।

सडकमा छाडिएका, वेवारिसे तथा विरामी बाच्छाबाच्छीहरुलाई आश्रय दिदै आएको अभियानका अध्यक्ष आरबी न्यौपानेले प्राणीहरुको बाँच्न पाउने अधिकार सुरक्षित गर्दै गौमाताको महत्वको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा क्लवका अध्यक्ष लायन गोविन्द गौतमले लायन्स क्लव सेवाभावको उद्देश्यले स्थापना भएको, मानव मात्रको होइन असहाय, अशक्त प्राणीहरुको पनि सेवा गर्दै आएको कुरा जानकारी गराए ।

सोही अवसरमा क्लवका पूर्वअध्यक्ष लायन नरेश खड्काले नन्दीको सेवा गर्न पाएकोमा गर्व गर्दै लायन्स आंखा अस्पतालले पुर्याउँदै आएको सेवाको वारेमा प्रकाश पारे । उनले सहुलीयत दरमा आंखा उपचार गराउदै आएको जानकारी गराए । कार्यक्रममा लायन्स क्लवकी सचिव लायन अपार खड्का, कोषाध्यक्ष रामगोपाल तण्डुकार, गोल्डेन ड्रिम्स दमककी संस्थापक अध्यक्ष लायन गंगा श्रेष्ठ र लियो क्लव अफ मीन भवनकी उपाध्यक्ष लियो रुपरसा श्रेष्ठको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  १० : ३७ बजे