काठमाडौं । तनहुँको आबुखैरेनीस्थित ऐना पहराबाट मस्र्याङ्दी नदिमा खसेको बसका घाइतेहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर गएको छ । हेलिकप्टर मेडिकल टिमलाई लिएर काठमाडौंबाट दुर्घटनास्थलतर्फ गएको नेपाली सेनाले जनाएको छ ।
शुक्रबार बिहान पोखरा हुँदै काठमाडौं आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनीबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।
प्रतिक्रिया