Logo

मुख्य समाचार

शनिबार बिहान काठमाडौंको तापक्रम तीन डिग्री



काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम फेरि तीन डिग्री सेल्सियसमा झरेको छ ।

शुक्रबार ३.४ डिग्री मापन भएको न्यूनतम तापक्रम शनिबार बिहान तीन डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो वर्ष सबैभन्दा कम तापक्रम बिहीबार ३ डिग्री मापन भएको थियो । मौसमविदहरूका अनुसार न्यूनतम र अधितम दुवै तापक्रम घट्न थालेपछि रातिसँगै दिउँसो पनि चिसो बढ्न थालेको छ ।

नेपालमा सबैभन्दा बढी चिसो जुम्लामा रहेको छ । त्यहाँ बिहान न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ । शुक्रबार जुम्लाको तापक्रम माइनस ५.८ डिग्री थियो ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ६ : ०८ बजे