Logo

अर्थ

नेप्से ६ अंकले बढ्यो, विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६.०१ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार परिसूचक २९७४.४६ विन्दुमा बन्द भएको हो ।

यस दिन कारोबारमा आएका १३ समूहमध्ये विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो समूहको परिसूचक ४.५२ प्रतिशतले वृद्धि भएको छ । दोस्रो बजारमा सूचीकृत १६ विकास बैंकमध्ये १४ को सेयर मूल्य बढेको छ । कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य घटेको छ भने साइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर मूल्य स्थिर छ ।

आज ६ समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक व्यापार समूहको १.५५ प्रतिशतले घटेको छ ।

यस दिन १९ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०९ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर छ । सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  ३ : २६ बजे