Logo

समाचार

श्रीमतीको हत्या आरोपमा पक्राउ



काठमाडौं । डोटीमा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वीचौकी गाउँपालिका–५, उपरकाँडाका ५० वर्षीय पदी साउद छन् ।

आफ्नै श्रीमती ४५ वर्षीया नरू साउदको हत्या गरेको उनीमाथि आरोप छ । बुधबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

पदीले आफ्नै घरआँगनमा हँसिया प्रहार गर्दा नरूको घटनास्थलमै मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  २ : ५८ बजे