Logo

Breaking News 1

सातै प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।

विभागका अनुसार हाल देशभर साधारणतया बदली रहेको रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम तथा एक-दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ । साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागले जनाएकाे छ । सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ६ : १६ बजे