Logo

मुख्य समाचार

सोलुखुम्बुको बाढीमा फसेका ७ जनाको उद्धार, एक जना सम्पर्कविहीन


३२ श्रावण २०८१, शुक्रबार  

161
Shares

काठमाडौँ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका वडा नम्बर–५ स्थित थामे खोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको टोलीले ७ जनाको उद्धार गरेको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले बताइन् ।

बाढी आएको क्षेत्रका एक जना सम्पर्कविहीन भएका छन् । सो क्षेत्रका एक जना सम्पर्कविहीन भएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले बताए ।

उनका अनुसार हालसम्म बाढीको कारण १२ वटा घर, हिमालयन ट्रस्टको क्लिनिक र विद्यालय बगाएको छ । दाहालले भने, ‘७ घर जोखिममा छन्, दुधकोशी र सुनकोशीमा बहाव बढ्न सक्ने हुनाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेका छौँ ।’

हिमताल फुटेर उक्त बाढी आएको बताइएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ५ : ३८ बजे