Logo

मुख्य समाचार

परराष्ट्रमन्त्री राणा आउँदो साता भारत भ्रमणमा जाने


३२ श्रावण २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा आउँदो साता भारत भ्रमणमा जाने भएकी छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सम्भवत: उनी आइतबार भारत प्रस्थान गर्ने गरी तयारी भइरहेको छ ।

“परराष्ट्रमन्त्रीज्यू द्विपक्षीयभन्दा पनि स्वास्थ्य उपचारका लागि भारत जान लाग्नुभएको हो,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

परराष्ट्रमन्त्री राणाको तीनदिने भारत भ्रमणको तयारी भइरहेको स्रोत बताउँछ ।

भारतका विदेश सचिव विक्रम मिश्रीले यही साउन २७ र २८ गते नेपालको भ्रमण गर्दा परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले पठाएको भारत भ्रमणको निम्तो हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  २ : ५१ बजे