Logo

समाचार

मीनेन्द्र रिजालले पत्रकार सम्मेलन मार्फत राजीनामा दिँदै



काठमाडौं । रक्षामन्त्री मीनेन्द्र रिजालले अपरान्ह चार बजे राजीनामा दिने भएका छन् । रिजालले पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेका हुन् ।

महामन्त्रीका लागि भएको मतदानको मतगणना जारी रहँदा नै उनले राजीनामाको घोषणा गरेका हुन् । उनले प्रारम्भिक मत परिणामबाट नै स्पष्ट रुपमा अन्तिम नतिजाको आँकलन गर्दै सामाजिक सञ्जालमा लेख्दै राजीनामाको घोषणा गरेको बताएका छन् ।

जारी मतगणनामा रिजाल ६ जना प्रतिस्पर्धीमध्ये पाँचौ नम्बरमा परिरहेका छन् । पहिलो र दोस्रो स्थानमा गगन थापा र विश्वप्रकाश शर्मा रहेका छन् ।

उनले लेखेका छन्,’नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु’।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १ : ४७ बजे