Logo

Breaking News 1

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै



गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आज विश्वासको मत लिँदैछन् । गत असार २० गते कांग्रेस–एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री भएका शाहले आफ्नो सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई पनि सहभागी गराइसकेका छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११ सांसदकै समर्थनमा पनि शाहको विश्वासको मत पुग्छ ।

नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई विश्वासको मत दिने जनाएको छ । नागरिक उन्मुक्ति पार्टीका ७ सांसद सबैले उनलाई विश्वासको मत दिए ३६ पुग्नेछ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ८ : ०१ बजे