काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवासँग सहकार्य र संघर्ष गरेर अघि बढ्ने बताएका छन् ।
नेता थापाले महाधिवेशन प्रतिनिधिहरुका लागि शेखर कोइरालाले आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै नवनिर्वाचित सभापति देउवालाई पार्टी हितविरुद्ध कुनै काम भए संघर्ष हुने चेतावनी दिएका हुन् ।
उनले भने, ‘मैले दुई पटककै निर्वाचनमा मैले शेरबहादुर देउवालाई मत हालिनँ । निर्वाचित हुनुभयो अब हामी सबैको सभापति बन्नुभएको छ । पार्टीलाई मजबुत बनाउने कुरामा तपाईंलाई सहयोग हुन्छ । पार्टी हितविरुद्ध केही काम भए तपाईंसँग संघर्ष हुन्छ ।’
थापाले सभापति शेखर कोइरालाले चुनाव नजिते पनि ४० प्रतिशत मत पाएको उल्लेख गर्दै उनले त्यसको जिम्मेवारी लिएर चार वर्ष क्रियाशील हुन आग्रह गरे । उनले अघि भने, ‘हिजो गरेको गल्ती दोहोर्याउँदैनौं, भागशान्ति खोज्दैनौं ।’
उनले नारायणी किनारमा एमालेको अधिवेशन नभएर ओलिवेशन नै भएको बताएका छन् । प्रधानमन्त्रीले मत माग्न समेत सडकमा आएकाले पनि आफूहरुको पार्टीको अधिवेशन भएको बताएका हुन् ।
नारायणी किनारमा पनि एउटा अधिवेशन भएको थियो । ‘त्यहाँ एक जनाले रिसोर्टमा बसेर लिस्ट निकाल्नुभयो अनि भन्नुभयो । हाम्रोमा बहालवाला प्रधानमन्त्री पनि सडकमा आउनुभयो । फरक यहाँ छ । त्यो ओलिवशेन थियो, हाम्रो अधिवेशन ।’










प्रतिक्रिया