Logo

समाचार

गगनसिंह दरवारको ३० फिटे पर्खाल भत्कियो



काठमाडौं । काठमाडौं उपत्यकामा भइरहेको बर्षाका कारण गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं महानगर वडा नम्बर १९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे  पर्खाल भत्केको हो । सोमवार विहान करिव ७ः५५ बजे भूक्षसँगै पर्खाल भत्केको हो ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १० : ३७ बजे