Logo

मुख्य समाचार

हैजा संक्रमितको संख्या ४७ पुग्यो, ललितपुरमा सबैभन्दा धेरै



काठमाडौं । सन् २०२४ को १९ जुलाईयता हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको छ । ९ अगष्टसम्म पाँच जिल्लाका ४७ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्यांक छ ।

ललितपुरमा सबैभन्दा धेरै ३४ जना संक्रमित भएका छन् । ललितपुरको गोदावरी र महालक्ष्मी नगरपालिकाका विभिन्न वडामा हैजा देखिएको जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यस्तै, काठमाडौंमा दुई, कैलालीमा आठ, प्युठानमा दुई र रुपन्देहीमा एकजनामा हैजा पुष्टि भएको इडीसीडीले जनाएको छ ।

संक्रमित हुनेमा २० महिला र २७ पुरुष छन् । १४ वर्षमुनिका आठजनामा हैजा पुष्टि भएको इडीसीडीले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ११ : ३० बजे