Logo

मुख्य समाचार

वाल सुधार गृह र कारागारहरुको आवश्यक सुधार जरुरी


२५ श्रावण २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको विषयलाई गम्भीर रुपमा लिएको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा भएको नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदनमाथि छलफलमा उनले राष्ट्रले धान्न सक्ने स्रोत र साधनभित्र रहेर आवश्यक सुधार गर्न प्रतिवद्ध रहेको बताए ।

उनले भने,‘नेपालको जेलमा पनि धेरै समस्या छन् । क्षमताभन्दा बढी कैदीहरु बस्नुपर्ने अवस्था छ । अनेक अप्ठराहरु छन् । कहिलेकाही गल्ती नगरेको मानिस पनि जेल जान्छ । गल्ती गरेकै कैदीहरुको पनि बालबच्चा हुन्छन । उनीहरुको भरणपोषणको सवाल हुन्छ । त्यसलाई कसरी श्रममा उपयोग गर्ने, म्यानपावरको कुरामा केके सुधार गर्न सकिन्छ । राष्ट्रले धान्न सक्ने स्रोत साधनभित्र रहेर जे जे जहाँ जहाँ सुधार गर्न सकिन्छ त्यसमा काम गर्नपर्छ । बाल सुधार गृहमा कारागारमा तथा नयाँ कारागारहरु निर्माण गने कुरामा निर्देशन अनुसार काम गर्न तयार हौं । कानुनी रुपमा केके गर्न सकिन्छ म गर्न तयार छु ।’

उनले कानुनमा सुधार गर्न समितिले निर्देशन दिए त्यसलाई लिएर अगाडि बढाउने बताए । उनले भने,‘आम जनाताले भोग्नुपरेका विभिन्न विषयहरुको कानुनमा कसरी सुधार गर्ने यो समितिले निर्देशन दिए त्यसलाई म एकदम अगाडि बढाउने छु ।’

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  २ : ०८ बजे