Logo

धर्म / संस्कृति

पशुपति कोटीहोममा आचार्य कृष्ण दमाईको स्वागत र सम्मान, ब्यासबाट सम्बोधन गर्दै


२५ श्रावण २०८१, शुक्रबार  

115
Shares

काठमाडौं । पशुपतिनाथ मन्दिरमा आयोजित कोटी होममा आचार्य कृष्ण दमाई ब्यासमा आसिन भएका छन् । उनले ब्यासबाट सम्बोधन गर्दैछन् ।

पहिलो पटक कोटीहोम महायज्ञमा दलित समुदायका पण्डित व्यासमा पुगेका हुन् । हिजो उनलाई महायज्ञस्थलमा निम्त्याएर स्वागत र सम्मान गरिएको थियो ।

उनलाई स्वयंसेवकले दुबोको माला लगाइदिएका थिए भने महायज्ञका आयोजक विजय कृष्णमूर्तिले दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरेका थिए । आज उनलाई व्यासमा राखेर थप सम्मान गरियो ।

‘जन्मँदै कोही पनि ब्राह्मण हुँदैन । जसले भागवत अध्ययन गर्छ, सत्कर्म गर्छ, त्यही ब्राह्मण हो,’ उद्घोषकले भने ।

बैतडी घर भएका दमाईले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुण्डी दाङबाट संस्कृत साहित्यमा आचार्य गरेका छन् ।

यसअघि उनले कञ्चनपुरको शारदा विद्यापीठबाट संस्कृत विषयमा उत्तर माध्यमिक र शास्त्री उत्तिर्ण गरेका थिए ।

उनी दलित समुदायका पहिलो आचार्य हुन् । संस्कृतमा स्नातकोत्तर गरेर पनि आफूले रोजगारी पाउन नसकेको गुनासो दमाइले गर्द आएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १ : ५९ बजे