Logo

समाचार

काँग्रेस १४औँ महाधिवेशन: काँग्रेस सभापतिका दुवै प्रत्याशी मतदातासँग मत माग्दै



काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाले मतदातासँग मत मागी रहनुभएको छ । 

राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ–आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहनुभएको हो । सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्याशी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि  पुनः निर्वाचन भएको हो । मतदानका लागि साँझ ७ः३० बजेसम्मको तयारी गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । 

पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले दुई हजार २५८ र उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभयो । 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : २५ बजे