Logo

मुख्य समाचार

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान सुरु



काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गत अहिले दोस्रो चरणको निर्वाचन सुरु भएको छ ।

सोमबार भएको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले  पनि ५० प्रतिशत भोट कटाउन नसकेपछि आज फेरि दोस्रो चरणमा मतदान भइरहेको हो ।

दोस्रो चरणको मतदानमा शेरबहादुर देउवा र शेखर कोइराला चुनावी मैदानमा रहेका छन् । दोस्रो चरणको चुनावमा पहिलो चरणबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २२५८ मत ल्याए भने शेखर कोइरालाले १७०२, विमलेन्द्र निधिले २५०, प्रकाशमान सिंहले ३७१ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : २५ बजे