Logo

खेलकुद

खेलाडी प्राथमिकतामा हुन पर्दछ : मन्त्री चौधरी 



काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडीलाई प्राथमिकतामा राखेर खेलकुद योजना बन्नुपर्ने बताएका छन् ।

उपाध्यक्षको चार वर्षे पदावधि सकिएर विदा भएका शिव कोईरालालाई सम्मान गर्दै उनले खेलकुदका योजना बनाउदा खेलाडीको सुविधलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

मन्त्री चौधरीले स्वास्थ्य तथा शिक्षामा सहुलियत दिन सकिने भन्दै यसका लागि खेलाडीको वर्गीकरण गरिने पनि उल्लेख गरे ।

विदाई कार्यक्रममा शिव कोईरालाले परिषद्मा चार वर्ष उपाध्यक्षका रुपमा काम गदौ धेरै कुराहरु सिकेको भन्दै अझै यस क्षेत्रमा सुधार गर्नु पर्ने धरै विषय रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पनि नेपाली खेलकुदको विकासका लागि सम्पूर्ण पक्षको एकता आवश्यक हुने बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरु, विभागीय प्रमुख तथा कर्मचारीहरुको सहभागितामा कोईरालालाई सम्मान पत्र सहित बिदाई गरिएको थियो । कोईराला २०७७ साल साउन १२ गते चार वर्षका लागि परिषद्को उपाध्यक्ष पदमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  २ : २९ बजे