Logo

मुख्य समाचार

नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मोडेलको रूपमा स्थापित हुने ठुलो सम्भावना छ : जनार्दन शर्मा



काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं टीआरसी कार्यदल सदस्य जनार्दन शर्माले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा मोडेलको रूपमा स्थापित हुने ठुलो सम्भावना रहेको बताएका छन् ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलले सहमति गरेर तयार पारेको प्रतिवेदन बुधवार शीर्ष नेतालाई बुझाएपछि सञ्चारकर्मीसँग बोल्दै उनले नेपालबाट अन्य द्वन्द्वग्रस्त मुलुकले पनि सिक्न सक्ने विश्वास व्यक्त गरे ।

कार्यदलमा द्वन्द्वको क्रममा भएको समस्याहरू समाधान गर्न कार्यदलले पीडितलाई केन्द्रमा राखेर सरकार, दलका नेताहरू र समितिका सभापति लगायतका सहयोगमा सहमति भएको शर्माले बताए ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाउन गठित सहजीकरण संयन्त्रले सहमति जुटाएर तयार पारेको प्रतिवेदन कार्यदलले प्रधानमन्त्री तथा नेकपा एमालेका नेता केपी ओली, पूर्वप्रधानन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : ४७ बजे