Logo

समाचार

दोस्रो चरणको चुनाव : सिंह र निधि दुबैको सहयोग देउवालाई



काठमाण्डाैँ : काँग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई पहिलो चरणको सभापतिको दौडबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधि दुबैले समर्थन गर्ने भएका छन् । देउवा प्रकाशमान र निधिलाई भेट्न उनीहरुकै निवासमा पुगेका थिए भने सो क्रममा दुबै नेताले देउवालाई दोस्रो चरणको चुनावमा समर्थन गर्न सहमत भएका हुन् । 

कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि काँग्रेस सभापतिका लागि सर्वाधिक मत ल्याए दुई उम्मेदवार देउवा र कोइरालाबीच फेरि प्रतिस्पर्धा हुने भएको छ । 

पहिलो चरणको चुनावमा खसेको ४६७९ मध्ये देउवाले २२५८ मत पाएका थिए भने शेखर कोइरालाले १७०२, निधिले २५०, सिंहले ३७१ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए। मतदान मंगलबार साढे ३ बजेदेखि सुरु हुनेछ । 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : ३१ बजे