Logo

Breaking News 1

आजकाे माैसम : यी प्रदेशमा छ भारीदेखि अति भारी वर्षाको सम्भावना



काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेकाे विभागले उल्लेख गरेकाे छ ।

विभागका अनुसार देशभर साधारणतया बदली रहेको छ भने, कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

विभागले आज दिउँसोːदेशभर साधारणतया बदली रहने जनाएकाे छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका थोरै साथै लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको संभावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको जनाएकाे छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ६ : २६ बजे