Logo

समाचार

स्काउटको नयाँ ऐन चाँडै आउँछ : मन्त्री चौधरी


२२ श्रावण २०८१, मंगलबार  

115
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन् ।

मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐन अनुसार नै चलेको उल्लेख गर्दै नयाँ ऐन बनाउन पहल गर्ने बताएका हुन् ।

उनले भने, ‘२०७५ सालमा केही ऐनहरू संशोधन भएका छन्, र बाँकी ऐनहरू मन्त्रालयमा प्रस्तावित अवस्थामा रहेका छन् । अब चाँडै स्काउटको नयाँ ऐन मेरै पालामा आउँछ ।’

देश संघीय संरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोही अनुसार रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो ।

सात सय ५३ वटै नगरपालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवाहरूमा चरित्र निर्माणमा थप मद्दत मन्त्री चौधरीको विश्वास छ ।

मन्त्री चौधरीले हाल युवा तथा बालकालिकाहरूमा हुनपर्ने सामाजिक संस्कार र नैतिकवान संस्कार विस्तारै खस्किदै गएकोप्रति चिन्ता व्यक्त गरे ।

‘अहिले बालबालिका र युवाहरूमा सामाजिक संस्कार र नैतिक चरित्रको कमी देखिराखिएको छ। विस्तारै यसमा ह्रास आइरहेको छ । स्काउटले यसमा पहल गर्न जरूरी भइसकेको छ,’उनको भनाइ छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १ : ४७ बजे