Logo

मुख्य समाचार

कांग्रेस महाधिवेशन: दोस्रो चरणको निर्वाचन आजै गर्ने तयारी



काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि पहिलो मतदानमा ५० प्रतिशत कसैले कटाउन नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ ।

अब दोस्रो चरणमा वर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइरालबीच भिडन्त हुनेछ ।

यसैबीच कांग्रेस निर्वाचन समितिले दोस्रो चरणको निर्वाचन आजै गर्ने तयारी गरिरहेको जनाइएको छ । दोस्रो चरणको निर्वाचन आजै गर्नका लागि निर्वाचन समितिको बैठक बस्दैछ । 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ६ : ०८ बजे