Logo

मुख्य समाचार

उत्तर ऐर समुहले अरु उम्मेदवारको नामहटाई प्रचार गरेपछि



काठमाण्डाैँ : नेपाली कांग्रेसको १४औं अधिबेशनमा मतदान भईरहेको समयमा देउवा समुहकाे लिस्टमा रहेका एकजना उम्मेदवारको नाम हटाएर त्याे ठा‍उँमा आफ्नो नाम राखि प्रचारप्रसार गरेको पाईएको छ।

महाधिवेशनमा शेर बहादुर देउवा समुहबाट चुनावको लागि आफ्नो नाम नपरेपछि बैतडीबाट प्रतिनिधि रहेका उत्तर बहादुर ऐरकाे समुहले अरु जस्ताकाे त्यस्तै राखेर पर्चालाई फोटोसप  गरि क्रम संख्या ५६ मा रहेका मंगलप्रसाद थारुको नाम हटाएई क्रमसंख्या ५ उत्तर बाहादुर ऐर परिर्वतन गरि पर्चाहहरु छपाई प्रचारप्रसार गरेको पाईएको हाे। 

उत्तर बहादुर भने टिम भन्दा बाहिर रहेर ‍स्वतन्त्र उम्मेदवार भई केन्दिय सदस्यममा चुनाव लडिरहेका हुन।

एकजना प्रतिनिधिले भने हामिहरु देउवा समुहकाे प्रचार गरिरहेकाे समयमा पर्चाहरुमा नाम परिर्वतन गरि भाेट मागिरकाे भेटाएका हाै।

कुनै समुहमा रहेका उम्मेदवारको नाम हटाएर आफुलाई उक्त समुहमा भएकाे देखाएर प्रचार गरि मतदातालाई झुक्याएर मत प्राप्त गर्ने यस्ता कार्य आचारसंहिता बिपरित रहेको निर्वाचन समिति भित्रका एक कर्मचारीले बताएका छन। 

यो बिषयलाई लिएर अहिले समाजिक संन्जालमा भने चर्को बिरोध भईरहको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १ : ०६ बजे