Logo

समाचार

देउवा मतदान गर्न बुथमा छिर्नुअघि प्रतिनिधि भेट्दै



२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सोमबार मतदान भइरहेको छ । सोमबार मतदान भइरहँदा सभापतिका उम्मेदवार देउवा भने मतदातालाई भेट्न पुगेका छन् ।

राष्ट्रियसभा गृहमा राखिएको मतदान केन्द्रमा प्रतिनिधिहरु मतदान गर्ने गोप्य कक्षमा प्रवेश गर्ने ठाउँमा कुर्सी राखेर बसेका छन् ।

लामो लाइनमा बसेका मतदाता मतपत्र लिएर गोप्य कक्षमा पुग्ने बेलामा भेट हुने गरी उनी मतदान केन्द्रमा बसेका छन् । सोमबार मतदान शुरु हुनेवित्तिकै मतदान गरेका देउवा दिउँसो फर्किएर पुनः मतदान केन्द्रमा आएका हुन् ।

सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धी छन् । 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  २ : ३० बजे